मेलबर्न । नेपालको तराई भेगमा आएको बाढीपहिरोका पीडितको सहयोगार्थ एनआरएन अष्ट्रेलियाले सहयोग संकलन सुरु गरेको छ ।

संघका तर्फबाट महासचिव नारायण कोइरालाले एक विज्ञप्ति जारी गर्दै मातृभूमि संकटमा परेको बेला सक्दो आर्थिक सहयोग गर्न अष्ट्रेलियावासी नेपालीहरुलाई आग्रह गर्नुभएको छ । इच्छुक सहयोगी दाताहरुले एनआरएन अष्ट्रेलियाको निम्न खातामा सहयोग रकम जम्मा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

Account Name : NRNA Disaster Relief Account
BSB 032006
AC No. 595128
Reference : YOUR Name – Flood

यसैबीच अष्ट्रेलियामा क्रियाशील विभिन्न नेपाली संगठनहरुले पनि स्वस्फूर्त रुपमा राहत संकलन अभियान शुरु गरेका छन् । त्यस क्रममा अष्ट्रेलियामा बसोबास गर्ने मोरङबासीले सहयोग संकलन गरी विराटनगर महानगरपालिकाको राहत कोषमा सहयोग हस्तान्तरण गर्ने भएका छन् । उनीहरुले समयसीमा तोकेर नै सहयोग संकलन गर्ने र बाढी र डुबानबाट आहत बनेको मोरङमा सिधै सहयोग पठाउने निर्णय गरेको एमएन टिभीले जनाएको छ ।

उता झापाली समाज अष्ट्रेलियाले पनि अविरल वर्षाका कारण पीडित बनेका झापालीहरुको सहयोगका लागि ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । समाजका तर्फबाट विज्ञप्ति जारी गर्दै झापाली समाजले यस दुःखद घडीमा आफ्ना जिल्लावासीहरुलाई सहयोग गर्न अष्ट्रेलियामा बसोबास गर्ने सम्पूर्ण झापालीहरुलाई आग्रह गरेको छ । यसका लागि झापाली समाजको निम्न खातामा सहयोग जम्मा गर्न सकिनेछ ।

Ac : Jhapali Samaj Australia
BSB : 062443 AC No. 11119397
Ref : YOUR NAME + Flood Relief

Comments