काठमाडौँ । यो पटकको बाढीले तरार्इ-मधेसलार्इ दिएको घाउ सायदै पुरिएला । सप्तकोसी नजिकै रहेको सप्तरीको कोइलाडी-६ बासिन्दालार्इ बाढीले यस्तै नमिठो चोट दिएको छ ।

स्थानीय ८ वर्षीय कमल सदाको मृत्यु भएपछि उनलार्इ गाड्ने ठाउँको अभावमा सप्तकोसीमा बगाएको तस्बिर अहिले भाइरल भइरहेकोछ । युरोपियन फोटो एजेन्सी (ईपीए) का लागि नेपालका फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका ती तस्बिरले जो कोहीलार्इ मुर्छित बनाउँछ ।

निरन्तरको वर्षातपछि बिरामी भएका सदाको आइतबार मृत्यु भएको थियो । उनलार्इ अभिभावकले पुर्ने जमिन खोजे तर जताततै पानी नै पानी भएकाले उनलार्इ सप्तकोसीको बाढीमा बगाउनुपर्ने विवशता अभिभावकलार्इ अाइलाग्यो । बालकको शव पुर्ने जमिनमा पानी नै पानी भएपछि उनका काका देवकुमार सदाले सप्तकोसीमा बगाइदिएका हुन् ।

सबै तस्बिर साभार : ईपीए

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments