बर्दिवास । हास्यकलाकार सीताराम कट्टेलले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गर्नुभएको छ । आइतबार साँझ काठमाडौंबाट बर्दिवास पुग्नुभएका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गर्नुभएको हो ।

पराले झुप्रामा बसोबास गर्दै आएका मुसहर समुदायका ३५ परिवारले शनिबार बिहानको बाढीले घर डुबानमा परेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बाँच्ने आशा पलाएको बताएका छन् । चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक÷एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपिडितलाई दिनुभएको बस्तीका जुगल सादा मुसहरले बताउनुभयो ।

धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका हास्यकलाकार धुर्मुसले राहत वितरणसँगै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरसहितको टोलीले बाढीपिडित परिवारका सबैको स्वास्थ्य जाँच गरेपछि औषधि वितरण पनि गर्नुभएको थियो ।

गत शनिबार रातु र बडहरी नदीको बाढीले मुसहर बस्ती डुबाएसँगै चारवटा घर लडाएको थियो ।

तस्बिर : कलाकार सिताराम कट्टेलको फेसबुक वालबाट

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments