काठमाडौँ । केही दिनदेखिको अविरल वर्षासँगै मुलुका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । यसैगरी ५३ जना बेपत्ता र २८ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानका कारण एक हजार ५०० वटा घरमा क्षति पुगेको छ । ती मध्ये ३५० पूर्ण रुपमा क्षतिग्रस्त भएको, ३४ वटा सरकारी र्सरचनामा क्षति पुगेको, ३९७ चौपाया मरेको, ३४ हजार ८४३ वटा घर डुबानमा परेको छ ।

बाढीपहिरोबाट मुलुकका करिब २५ वटा जिल्ला प्रभावित भएका छन् । तीमध्ये तराईका ११ वटा जिल्ला अतिप्रभावितभएका छन् । सुनसरीमा आठ जनाको मृत्यु तथा पाँच जना बेपत्ता र रौतहटमा सात जनाको मृत्यु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments