अष्ट्रेलियामा अध्ययनरत विद्यार्थी पुजा आचार्य बदलिँदो फेसनको पारखी हुन् | उनको मुड अनुसार पहिरन बदलिन्छ |

क्याजुअल ड्रेसअप सजिन रुचाउने पुजा सारीमा चिटिक्क पर्न उतिकै उत्साहित हुन्छिन् |

आफूलाई सुहाउने र सहज हुने पहिरन लगाउदा आत्मविश्वास बढ्ने  उनको अनुभव छ |

1907854_10202388978675027_5612034495918072293_n

गीत संगीतमा भुल्ने उनि साथी संगी सँग घुमघाममा पनि निकै खुशी हुन्छिन् | प्राय: युवापुस्ताहरुको बुझाई जस्तै उनि पनि स्टाइल चाहिँ सिर्जनात्मक हुनुपर्छ भन्छिन्  त्यो पनि आफ्नै जसले व्यक्तित्व समेत चिनाओस  | स्प्रिङ अनि समर सिजन उनको फेवरेट हो |

सबै जसो चलचित्र हेर्न रुचाउने पुजालाई चलचित्रका कुनै पनि नायक नायिका खास बिशेष त लाग्दैनन् तर पनि उनीहरुको मेहेनत र प्रतिभाको कदर गर्छिन् | २४ औं बसन्तमा ५’ ४” कि पुजालाई नेपालको मुस्तांगको प्राकृतिक सौन्दर्य असाध्यै  मन पर्छ |

Comments