काठामाडौं । राकृतिक प्रकोपबाट सात वर्षमा अढाइ हजार भन्दा बढीको मृत्यु भएको छ । यस अवधिमा बेपत्ता हुनेको संख्या झन्डै सात सय छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट मृत्यु हुनेको संख्या पछिल्ला वर्षहरुमा उस्तै अनुपातमा छ ।

साढे तीन हजार घाइते/अंगभंग

गृह मन्त्रालयका प्रवक्ता रामकुष्ण सुवेदीका अनुसार विगत सात वर्षमा बाढीपहिरोबाट दुई हजार पाँच सय ११ को मृत्यु भएको छ भने ६ सय ६९ बेपत्ता भएका छन् । सोही अवधिमा तीन हजार तीन सय ६३ जना घाइते तथा अंगभंग भएका छन् । सरकारले प्राकृतिक प्रकोप न्युनीकरणका लागि आर्बौ रुपैयाँ खर्च गरे पनि जनधनको क्षेतिमा कुनै सुधार हुन नसकेको सुवेदीले बताए ।

प्रकोप भए लगत्तै सरकारको यस्तो तयारी

प्राकृतिक प्रकोपबाट जिउधन र भौतिक क्षेति हुने हो । प्रकोप भएलगत्तै प्रमुख जिल्ला अधिकारीमार्फत मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ, घर लगायत अन्य भौतिक क्षति भएका परिवारलाई १० हजार रुपैयाँ दिने व्यवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments