काठमाडौं । नेकपा एमालेले शुत्रबारदेखि परेको अविरल वर्षातका कारण आएको बाढी पहिरोका कारण जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीले मोर्चा विभाग प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा कोशी बाँधका ढोकाहरु नखोल्दा पूर्वी तराईमा समस्या उत्पन्न भएको भन्दै कुटनीतिक पहल गरी ढोकाहरु खोल्नुपर्ने निर्कोल निकालेको छ ।

बैठकले विभिन्न जिल्लाहरुमा राहत र उद्धारका लागि विभिन्न संगठनलाईजिम्मेवारी दिएको छ । जसमा:

सप्तरीः युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन

सिरहाः अनेरास्ववियु

धनुषाः  अखिल नेपाल महिला संघ

महोत्तरीः लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ

सर्लाहीः अखिल नेपाल किसान महासंघ

रौतहटः नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस

बाराः खेलकूद महासंघ

पर्साः नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)

झापाः  जनसाँस्कृति महासंघ र मुक्ति समाज

मोरङः पेसागत महासंघ, नेपाल

सुनसरीः उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन

बर्दियाः भूपू सैनिक संगठन

बाँकेः मानवअधिकार एलान्यस

कपिलवस्तुः मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघलाई पठाउने भएको छ ।

बैठकले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि भदौ १० गते उपत्यकाका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरुको बृहत भेला गर्ने, भदौ १३ गते धनुषाको जनकपुरमा दुई नम्बर प्रदेश स्तरको मोर्चा संगठनहरुको बृहत भेला आयोजना गर्ने निर्णय गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments