काठमाडौं । सहरी विकास मन्त्री प्रमु साहले बाढि प्रभावित क्षेत्रका जनताका लागि अस्थायी आवास बनाउन मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

तराईका विभिन्न जिल्लामा बाढिपछि आवासको अभावमा जनता छटपटाईरहेको भन्दै मन्त्री साहले तत्काल अस्थायी आवासको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको हो । उहाँले आवास महाशाखा अन्तरगतका कर्मचारीहरुलाई बाढि पीडितहरुको अवस्था बुझ्न स्थलगत निरीक्षणमा तत्काल जान आग्रह गर्नु भएको छ ।

मन्त्री साहले विपदको बेला कुनै कर्मचारीहरुलाई विदामा बस्ने छुट नभएको बताउनु भयो । उहाँले आवासको क्षेत्रमा काम गर्ने विभिन्न संघ, संस्था र निकायसँग बसेर एकीकृत कार्ययोजना बनाएर तुरुन्तै काम थाल्न आग्रह गर्नु भयो । मन्त्री साहले बाढिपीडित जनतालाई तत्काल आवासको व्यवस्था गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको पनि स्पष्ट पार्नु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments