काठमाडौं । हाँस्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले बाढी पहिरो पीडितलाई १ लाख ५१ हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

गिरीले एक लाख र निरौलाले ५१ हजार रुपैयाँ व्यक्तिगतरुपमा सहयोग गर्ने घोषणा गरेका हुन् । छक्कापञ्जा–२ की निर्देशक दीपाश्रीले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने भएकी छिन् ।

मोरङ समाजमार्फत बाढीप्रभावितका लागि निरौलाले उक्त रकम प्रदान गर्ने बताएकी छिन् । यता गिरीले बाढीपीडितका लागि एक लाख रूपैयाँ सहयोगको घोषणा गरेका छन् । त्यसैगरी नायिका प्रियंका कार्कीले बाढीपीडितहरुका लागि ५१ हजार रूपैयाँ सहयोगको घोषणा गरेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments