काठमाडौं । मलेसियामा हुने  यु–१९ एसियाली क्रिकेटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । आउँदो सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुने अन्डर नाइन्टिन एसियाली क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनको लागि २८ सदस्यी नेपाली टोलीको घोषणा गरिएको होे ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्रसिंह ऐरी, सन्दिप सुनार, ललित राजवंशी, प्रकाश केसी, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाललगाएत २८ खेलाडी समावेश भएका छन् । अगष्ट १८ देखी टोलीलाई बन्द प्रशिक्षणमा बोलाइनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments