चितवन ।  देशलार्इ सडक यातायातमार्फत राजधानीसँग जोड्ने मूख्य नाका चितवनका अधिकांश भूभाग डुबानमा परेका छन् । चितवनका पूर्वी क्षेत्रका अधिकांश गाउँमा साना ठुला नदीको बाढी पसेर डुबान भएको हो ।

राप्ती नदीमा २०५९ यताकै सबैभन्दा ठुलो बाढी आउँदा सौराहासहितका क्षेत्र पनि पुरै डुबानमा परिसकेका छन् । जिल्लाका अन्य साना खोलामा पनि डरलाग्दो बाढी आएको छ । बाढीले अधिकांश घरभित्रै बाढी पसेको छ।

मकवानपुर हुँदै बग्ने राप्ती नदीले चितनवमा खतराको सूची नाघिसकेको छ । राप्तीको बाढीले पर्यटकीय नगरी सौराहामा पुरै डुबानमा परिसकेको छ । शनिबार राति ११ बजेदेखि राप्तीको बाढी पस्दा सबैजसो होटलहरू डुबेका छन् ।

राप्तीको बाढीले चितवनका पूर्वी खैरहनी बजार र रत्ननगरको बन्सी क्षेत्र पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राप्तीमा पानीको सत खतरा भन्दा माथि पुगेपछि लोथरसहित त्यसक्षेत्रका बासिन्दालार्इ सर्तक रहँदै सुरक्षित स्थानमा सर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

राप्तीको बाढीले पश्चिम चितवनको घैलाघारी, सिमलढाप क्षेत्र पनि डुबानमा परेको छ । त्यहाँ घरघरमा बाढी पसेको छ। त्यसैगरी वनकट्टा, भैरवपुर, चन्द्रपुरीमा कम्तिमा पनि  २० घर जोखिममा परेका छन् । त्यहाँ उद्धारका लागि आग्रह गरिएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुईटेलले बताउनुभयो ।

राप्ती नदीको सतह खतराको संकेत भन्दा ५ मिटर भन्दा  रहेको छ । त्यसकारण पनि अझै खतरा टरिनसकेको प्रहरीले जानकारी दिएको छ । राप्तीले चितवनका पिप्ले, वीरेन्द्रनगर, कठार, कुमरोज, बछ्यौली, सौराहा, जगतपुर, पटिहानी, शुक्रनगर र मेघौलीसहितका भूभाग डुबानमा पारेको छ ।

अविरल वर्षाका कारण चितवनको माडी शुक्रबारबाटै अस्तव्यस्त भएको छ । माडीमा कम्तिमाा पनि २ सय घर डुबानमा परेका छन् । माडीका सानातिना खोलाले फड्के र पुल बगाउँदा जनजीवन कठिन भएको छ । यता नारायणी नदीको सतह पनि बढ्दै गएको छ। नारायणीमा पानीको सतह ६ मिटर पुगेको छ । नारायणीको सतह ८.४ मिटर पुगेपछि खतराको अवस्था मानिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments