चितवन । खाना खाएर सक्दा नसकिँदै शुक्रबार साँझपखबाटै पानी पर्न सुरु भयो । रात छिप्पिँदै जाँदा झनै दर्कियो । आडैको चिताई खोलामा बाढी उर्लिएर आयो । बाढीको त्रासले पाँच महिनाको छोरा काखमा लिएर ओछ्यानमापल्टेकी सविता परियार निदाउन सकेकी थिइनन् । ‘लौ भागौँ भागौँ’ छिमेकीको यो आवजले उनी नराम्ररी झस्किन् ।

काखमा पाँ महिनाको छोरासँगै अर्को तीन वर्षको छोरा पनि थियो । घरको आँटीको लिस्नोबाट ओर्लन नभ्याउँदै उनको खुट्टाले पानी छोयो । आडको घर मामाको थियो । मामाले सहयोग गरेर बल्लबल्ल उनी घरबाहिर निस्किन् । काहाँ जाने जताजतै पानी नै पानी थियो । सय मिटर पर रहेको चितई खोलाको सबै पानी फर्केर घरतिर आएझै लाग्यो उनलाई । पानीको बेग बलियो हुँदै गयो । ‘लौ छोरा र मेरो काल आएछ’ भन्ने उनलाई लाग्यो । तर आडैमा ठूलो पिपलको रुख थियो । माडी नगरपालिका –२ ढिकुन, भैरवपुरकी सवितासहित तीन घरका चौधजना त्यही रुखमा चढे । पानी कम हुँदै जाँदा मध्यरातपछि पल्लो गाउँका मान्छे आएर उद्धार गरे । घरनजिकैको रुखले उनीहरुलाई जोगायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments