काठमाडौँ । परराष्ट्र मन्त्री कृष्णबहादुर महराले शुक्रबारबाट जारी बर्षातका कारण तराईका अधिकांश भूभाग डुबानमा परेपछि कोशी व्यारेजसहितका बाँध खोल्न भारतसँग आग्रह गर्नुभएको छ ।

मन्त्री महराले नेपालस्थित भारतीय राजददूत मञ्जिभ सिंह पुरीमार्फत नेपालसँग जोडिएका नदीमा बनाइएका बाँध खोलिदिन भारत सरकारलाई शनिबार आग्रह गर्नुभएको छ ।

‘तराई–मधेसमा भारतले बनाएकै बाँधका कारण तराई–मधेस डुबानमा परेपछि मन्त्रीज्यू नेपालको सीमानामा बनाइएका सबै बाँधका ढोका खोल्न भारत सरकारलाई आग्रह गर्नुभएको हो’, मन्त्री महराका प्रेस सल्लाकार हरि लामिछानेले भने, ‘कोशी व्यारेजको ढोका नखोल्दा सुनसरी र सप्तरीका धेरै भूभाग डुबानमा परेकाले उहाँले यस्तो आग्रह गर्नुभएको हो ।’

महराले शनिबार बिहान लक्षमणपुर बाँधको ढोका खोल्नका लाग भारतीय राजदूतमार्फत आग्रह गर्नुभएको थियो भने शनिबारै अपरान्ह कोशी ब्यारेजका सबै ढोका खोल्नका लागि भारतलार्इ फेरि आग्रह गर्नुभएको थियो ।

शुक्रबारदेखि जारी अबिरल बर्षातका कारण तराईसहित देशका विभिन्न भागमा ३४ जनाले ज्यान गुमाइसकेको अवस्थामा मन्त्री महराले भारतीय राजदूतमार्फत यस्तो आग्रह गर्नुभएको हो ।

कोसीको नदी भारतले नियन्त्रण गरेपछि बाढी पस्दा सप्तरीमा मात्रै करिब १२ हजार घर डुबानमा परेका छन् । त्यसैगरी भारतीय बाँधका कारण नवलपरासीमा पनि डुबान भएको छ ।

भारतले एकपक्षीयरुपमा बनाउने बाँधका कारण नेपालका तराईका अधिकांश भूभाग डुबानमा पर्ने गरेका छन् । नेपालले विरोध गरिरहे पनि भारतले दशगजामै नेपाली भूभाग डुब्ने गरी बाँधेका बाँधले नेपालीले हरेक वर्ष डुबानको पीडा खेप्नु परेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments