बाँके । बाढीपीडितको उद्धारमा गएका प्रहरीले नै झन्डै ज्यान गुमाउनु परेको छ । बाँकेको नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरमा गाउँलेको उद्धारका लागि बाढीमा हेलिएका बेला एक्कासी पानीको बहाब बढुपछि उनीहरूले पिपलको रूखमा चढेर ज्यान जोगाएका हुन् ।

पानीको बहाब बढेर गाउँ डुबानमा परेपछि नेपाल राष्ट्रिय प्राविको छतमा बसेका एकजनाको प्रहरीले ज्यानको जोखिम मोलेर सकुशल उद्धार गरेको छ । उनको उद्धारका लागि दुर्इजना प्रहरी बाढीमै पौडिएर गएका थिए । तर, पौडिने क्रममा तत्काल पानीको बहाब बढेपछि उनीहरु पनि त्यही छतमा अड्किएका थिए ।

त्यसपछि छतमा अड्केका गाउँले र दुर्इ प्रहरीको उद्धारका लागि इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४ प्रहरी र ६ जना स्थानीयसहित १० जनाको
टोली डुङ्गा चढेर गएको थियो ।

तर, बाढीमा हेलिएको डुंगा पनि पल्टिएपछि सबैजना पौडिएर नजिकै रहेको पिपलको रुखमा चढेर बाच्न सफल भएका हुन् ।

बाढी उर्लेपछि प्रहरीसहितका गाउँले करिब ४ घन्टासम्म रुखमै बसेका थिए । पानीको बहाव घट्दै गएपछि उनीहरूले नै रूखबाट झरेर छतमा अड्केका तीनजनाको उद्धार गरेका नेपाल प्रहरीले जनाएको छ ।

यसैगरी बाँकेकै सोनारी गाउँपालिका–१ स्थित गाभर खोलामा आएको बाढीले खोलाको पुलको पुर्वतिरको भाग कटान गरी पूर्व–पश्चिम राजमार्ग पुर्णरुपमा अवरोध भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments