बिराटनगर । बिराटनगर महानगरपालिकाले डुबानग्रस्त विराटनगर क्षेत्रलाई आपतकालिन क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण नगरका अधिकांश वडाहरु डुबानमा परेका छन् । डुबानमा परेपछि महानगरपालिकाले नगरलाई आपतकालिन क्षेत्र घोषणा गरेको हो ।

महानगरपालिकाले डुबानपीडितलाई बोटबाट उद्धार सुरु गरेको छ । इटहरीबाट सशस्त्र प्रहरी कार्यालयको बोट मगाएर उद्धार सुरु गरिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताउनुभयो ।

सशस्त्र प्रहरीका जवानहरुले डुबानमा परेको बिराटनगर महानगरपालिकाको ४, ५, ११, १२ का बस्तीबासीलाई बोटबाट उद्धार गरेर सुरक्षित स्थानमा ल्याउन सुरु गरेको छ ।

बाढीका कारण विराटनगरका अधिकांश वडा जलमग्न भएका छन् । ढल निर्माणका लागि ठुला खाल्डा खनेर अलपत्र छाडिँदा पानी भरिएपछि तिनै  खतरा बनेका छन् । बाढीले जताततै डुवान भएपछि विराटनगरका शैक्षिक संस्थाहरु तीन दिनका लागि बन्द गरिएको प्याब्सन मोरङले जनाएको छ ।

Comments

comments