सुनसरी । सुनसरीस्थित इटहरुको ट्याङ्रा खोलामा आएको बढीले छ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैजनाको शव भेटिएको छ । बगाएकाहरुमध्ये ५ जनाको इटहरीमा र एक जनाको तरहरामा १ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

बाढीबाट अझै थुप्रै मानीसहरु हराइरहेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र लगायतका टोलीले उद्धार गरिरहेको छ ।

बाढीबाट इटहरी वडा नम्बर ४, ५, ६, ७ लगायत अधिकांश वडा डुबेका छन् । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका छन् । रातभर अविरल परेको वर्षाका कारण इटहरीका नाला, पोखरीमा पानी भरिएर वस्ती पसेको हो ।

उता बुढी खोलाको बाढीले महेन्द्र राजमार्ग उत्तरको गैरीगाउँका ३० बढी घर बगाएको छ । प्रहरीका अनुसार बाढीले नेपाल टेलीकमको सेवा समेत अबरुद्ध भएकाले सूचना संकलन र उद्धारमा कठिनाइ भैरहेको छ । रातिदेखिनै इटहरी क्षेत्रमा विद्युत् सेवा समेत अबरुद्ध छ भने सडक पुरै अवरुद्ध भएको छ ।

बाढीले इटहरी स्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय पनि डुवानमा परेको छ । सेनाका् ब्यारेकभित्रै पानी पसेपछि सामान सुरक्षित स्थानमा सारिएको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टर विहानैदेखी उद्धारका लागि जुटेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments