मेलबर्न । अष्ट्रेलियाको संघिय शिक्षा विभागले विद्यार्थीहरुको सन्तुष्टिको आधारमा युनिभर्सिटीहरुको मूल्यांकन गरेको छ ।

उक्त तथ्याङ्क अनुसार उत्कृष्ट युनिभर्सिटी मानिएका “जी ८” का युनिभर्सिटीहरु द युनिभर्सिटी अफ एनएसडब्लु, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया, युनिभर्सिटी अफ अडेलेड, अष्ट्रेलियन नेशनल युनिभर्सिटी र युनिभर्सिटी अफ मेलबर्न सबै राष्ट्रिय मान्यता ८० प्रतिशत विद्यार्थी सन्तुष्टि भन्दा तल छन् ।

निजि युनिभर्सिटीहरु नोत्रे डोम र बोन्ड युनिभर्सिटी विद्यार्थी सन्तुष्टिमा ९० प्रतिशत भन्दा माथि आएका छन् । पर्थमा रहेको एडिथ कोवन युनिभर्सिटी ८६ प्रतिशत विद्यार्थी सन्तुष्टि अंक ल्याई सामुदायिक युनिभर्सिटिमा पहिलो नम्बरमा रहेको छ ।

सिड्नी स्थित युनिभर्सिटी अफ टेक्नोलोजी ७२ प्रतिशत ल्याई विद्यार्थीहरु सबै भन्दा कम खुशी हुने युनिभर्सिटिमा परेको छ । यसको मूल कारण युनिभर्सिटीले यसपटक अपनाएको ट्रीमेस्टर प्रणाली मानिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments