एजेन्सी । वैज्ञानिकहरूले यदि समयमै जलवायु परिवर्तनको असर कम गर्नेतर्फ परिणाममुखी पहल नथालेमा यसै शताब्दीको अन्त्यदेखि युरोपमा हरेक वर्ष डेढ लाख मानिस मर्ने चेतावनी दिएका छन् ।

जलवायु परिवर्तनमा देखिएको डर लाग्दो अवस्थालार्इ सुधार गर्न नसकिएमा युरोपमा खराब मौसमका कारण हरेक वर्ष एक लाख ५२ हजार मानिसले ज्यान गुमाउने चेतावनी वैज्ञानिकहरूले दिएका हुन्।

‘ल्यान्सेट प्ल्यानेटरी हेल्थ’ जर्नलमा प्रकाशित भएको अध्ययनका अनुसार यो संख्या अहिले अनुमान गरिए भन्दा ५० गुणा धेरै हो ।

यो अध्ययन अनुसार दक्षिणी युरोप तातो हावाबाट सबैभन्दा धेरै प्रभावित हुने र यहाँ मौसमका कारण ज्यान गुमाउनुपर्ने ९९ प्रतिशत घटनाको पछाडि तातो हावा मुख्य कारण हुनेछ ।

यदि  ग्रीनहाउस ग्यासको उत्सर्जनलार्इ कम गर्नका लागि विश्वजगतले केही गर्न नसकेमा जलवायु परिवर्तनले देखिएको जटिलतामा सकारात्मक परिवर्तन दिन नसकेमा अझै जटिलता बढ्ने बताइएको छ ।

खराब मौसमका कारण सन् १९८१ देखि सन्  २०१० को बीचमा प्रति वर्ष ३ हजारजनाले ज्यान गुमाउँदा सन् २०१७ देखि सन् २१०० को बीचमा प्रतिवर्ष १,५२,००० को ज्यान जाने आशंका वैज्ञानिकहरूले गरेका छन् ।

प्राकृतिक विपत्तिका कारण सन् २१०० सम्म युरोपमा हरेक दिन तीनमा दुर्इ मानिस प्रभावित हुनेछन् । जबकि यस शताब्दीको शुरुवातमा यो आँकडा २० मा एक थियो ।

हरेक वर्ष तटीय इलाका  बाढी आएर ज्यान गुमाउनेको संख्यामा पनि भारी वृद्धि हुने अनुमान गरिएको छ । यो संख्या यसै शताब्दीको अन्त्यमा २३३ सम्म जान सक्नेछ, जबकि यो शताब्दीको सुरूमा यो संख्या प्रति वर्ष छ मात्रै थियो ।

शोधकर्ताहरूले युरोपेली संघका २८ देशमा खराब मौसमसँग सम्बन्धित सात खतरनाक प्राकृतिक घटनाको अध्ययन गरेको थियो । जसमा तातो हावा, चिसो, जंगलको आगो, खडेरी, नदी र तटीय बाढी तथा आँधी-हुरीसहित रहेका छन् ।

उनीहरूले सन् १९८१ देखि सन् २०१० को बीचमा भएका प्राकृतिक प्रकोपको रेकर्ड र मानिसको बसोबासमा परेको प्रभावको अध्ययन तथा विश्लेषण गरेका थिए । यसमा जनसंख्या वृद्धि र मानिसको विस्थापनको पनि ध्यान दिइएको थियो ।

शोधकर्ता जोवानी फोर्जिएरीका अनुसार यदि जलवायु परिवर्तनलार्इ लिएर आपातकालिन कदम उठाइएन भने यसै शताब्दीको अन्त्यसम्ममा ३५ करोड युरोपेलीमाथि हरेक साल आउने प्राकृतिक विपत्तिबाट खतरा पैदा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments