काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपति शमशेर राणाले गठन गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले दल दर्ताका लागि दिएको निवेदन बदर गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

अध्यक्ष कमल थापा नेतृत्वको टोलीले शुक्रबार निर्वाचन आयोग पुगेरै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले दल दर्ताका लागि दिएको निवेदनमा कानुनी आधार नभएको दावी गर्दै बदर गर्न निर्वाचन आयोगका पदाधिकारीसमक्ष आग्रह गरेको हो ।

कुनै दल विभाजन गरी नयाँ दल दर्ता गर्न कम्तिमा ४० प्रतिशत सांसद र केन्द्रिय सदस्य हुनुपर्ने कानुनी व्यवस्था छ । तर, राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकसँग दल दर्ताका लागि आवश्यक ४० प्रतिशत सांसद र केन्द्रीय सदस्यहरु नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको दावी छ ।

पार्टी छाडेर नयाँ पार्टी गठन गर्न पुगेका राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग कानुनी आधार नभएकाले दल दर्ता गर्न दिइएको निवेदन बदर गर्न निर्वाचन आायोगसमक्ष आग्रह गरिएको पार्टीका नेता सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उता, राणा पक्षले भने ४० प्रतिशत सांसद र केन्द्रिय सदस्यको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । निर्वाचन आयोगले निवेदनमाथि आवश्यक कार्वाही हुने स्पष्ट पारेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments