सप्तरी । विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्याइ चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको सट्टा धामी झाँक्रीको चक्करमा पर्दा एक वृद्धको ज्यान गएको छ । सप्तरीको हनुमाननगर कङ्कालनीमाइै नगारपालिका–५ वस्ने ७८ वर्षीय दुःखइ साहको झाँक्रीको चक्करमा पर्दा ज्यान गएको हो ।

घरमा सुतिरहेको बेला मंगलबार राति साहलाई विषलु र्पिले टोकेको थियो । उहाँलाई आफन्तले मोटरसाइकलमा राखी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पनि पुर्याए तर अस्पताल भर्ना गरिसके पछि पनि धामी झाँक्रीमाथि बढी विश्वास गरेका आफन्तले गाउँबाट एक झाँक्रीलाई पनि झिकाएर झारफुक गर्न लगाए ।

आस्पतालभित्रै झाँक्री बोलाएपछि चकित परेका चिकित्सकले त्यसो नगर्न सुझाए पनि तर आफन्तको जिद्दी र अन्धविश्वासका कारण चिकित्सकहरु पछि हट्न बाध्य भए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments