काठमाडौँ । स्थानीय विकास मन्त्रालयले मसलन्द खरिद गर्दा बजार मूल्यभन्दा धेरै गुना बढी मुल्य तिर्ने गरेको पाइएको छ ।

तीनवटा फर्महरुबीच प्रतिस्पर्दा गराउनुपर्ने व्यवस्था भए पनि तेब्बर–चौबर बढी मूल्यमा सामान खरिदको बिल बनाएर कमिसन खाने गरेको भेटिएको हो । त्यस्तो अनियमिततामा आन्तरिक व्यवस्था शाखाका कर्मचारीहरुबीच मिलेमतो रहने गरेको छ ।

आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीले भने त्यस्तो कमिसन उपसचिवदेखि सहसचिवसम्म पुग्ने गरेको बताएका छन् । ‘एउटै व्यक्तिले तीनवटा फर्म मिलाएर मनलाग्दी मुल्य राखेको हुन्छ । त्यस्तो महँगो मूल्यसूची स्वीकृत गरबापत माथि हाकिमहरुको भागमा पनि चिया खर्च पुग्छ, ’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments