काठमाडौं । चिकित्सा क्षेत्रभित्रको विकृति अन्त्य गर्ने उद्देश्यले २० औं दिनदेखि अनशनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबच शुक्रबार राति भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।

डा. केसीले व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले पारित गरेको ‘चिकितस  शिक्षा ऐन माथेमा प्रतिवेदनका मूल मर्म कार्यान्वयन गर्नतर्फ  रकार र संसद उदासीन देखिए । साथै निष्पक्ष रुपमा सहायक डीन नियुक्ति प्रक्रियामा सरकारले लाचारीपन प्रस्तुत गर्यो ।

माथेमा प्रतिवेदनमा मेडिकल कलेज सम्बन्धन, भर्ना प्रक्रियालगायतका विषयहरु समावेश छन् । वार्ताटोलीमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव शान्तकुमार श्रेष्ठलगायतका रहनुभएको थियो भने डा.केसीको तर्फबाट डा. अभिषेकराज सिंह सुमन आचार्य, डा.सुरेन्द्र भण्डारी र डा. ओमप्रकाश अर्याल हुनहुन्थ्यो ।

यसैबीच, डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । केसीको मुटुको चाल निकै बढेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments