काठमाडौँ । पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका कार्यक्रमलाई तीन महिनाका लागि स्थगित गरेका छन् । ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति आयल निमगले नदिएको भन्दै थालिएको आन्दोलन तत्काललाई स्थगित भएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भएको छ ।

ढुवानीका क्रममा हुने चुहावटको क्षतिपूर्ति आयल निगमले दिनुपर्ने माग गर्दै व्यवसायीहरु आन्दोलनमा उत्रिँदा बजारमा पेट्रोलको अभाव सुरु भइसकेको थियो । पेट्रोलियम डिलर एशोसिएसनले आयल निगमसँग आंशिक सहमति भएपछि तीन महिनाका लागि आन्दोलन स्थगित गरिएको जनाएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी गर्दा हुने प्राविधिक क्षतिबारे आयल  निगमसँग आंशिक सहमति भएपछि आन्दोलन स्थगित गरिएको बागमती पेट्रोलियम डिलर एशोसियसनका अध्यक्ष अच्युतबहादुर खड्काले बताउनुभयो । उहाँले तीन महिना भित्र आफ्ना माग पुरा नभएमा निगमलाई साँचो बुझाएर पुनः आन्दोलित हुने चेतावनी दिनुभएको छ ।

आन्दोलन स्थगित भएसँगै भोलिदेखि सबै पेट्रोल पम्प सञ्चालनमा आउने भएका छन् । आन्दोलन सरेसँगै उपभोत्ताले सहजरुपमा पेट्रोल–डिजेल पाउने बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments