काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवा स्थित खाडो नदीले पीडित बनेका स्थानीयको उद्धार कार्य तिव्र बनाउन निर्देशन दिनु भएको छ ।

गृहमन्त्री शर्माले शुक्रबार इटहरी सडक डिभिजनबाट २ वटा ठुला चेन डोजर त्यस तर्फ उद्धारका लागि पठाउन निर्देशन दिनु भएको हो । बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँको बाँध भत्किने अधिक सम्भावना भएकाले,
चेन डोजर मार्फत नदीलाई पुरानै धारमा फर्काउनका लागिएको छ ।

डिएसपी यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरी उद्धार कार्यमा खटिरहेको छ । बुधबार रातिदेखिको झरीका कारणले यस्तो अवस्था सृजना भएको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालका अनुसार बाढीका कारण हाल सम्म एक जनाको मृत्यु भइसकेको छ । प्रमुख जिल्ला अधिकारी कटवालले जिल्लाकै तिरहुत गाउँपालिका मैनाकडेरी र भेडीयामा डुबानको समस्या आएपछि त्यहाँ उद्धार कार्य जारी रहेको जानकारी गराउनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments