एजेन्सी । अमेरीकि राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि केही गरे उसले  नराम्रो स्थिति भोग्नुपर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले अमेरिकामाथि केही गरे असाध्यै नराम्रो र अत्यासपूर्ण अवस्थामा पुग्ने उनले बताएका छन् । दक्षिण कोरियाले गुआममा क्षेप्यास्त्र प्रहार गर्ने योजनाको विवरण सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ आएको हो ।

राष्ट्रपति ट्रम्पले न्यु जर्सीस्थित उनको निजी गल्फ क्लब बेडमिनस्टरमा सञ्चारकर्मीहरुसँग उनले यस अघि उत्तर कोरियामाथि आक्रोशपूर्ण आक्रमण गर्ने भनाइ कडा नभएको बताए ।  अमेरीका वा अमेरीकि समर्थमाथि उत्तर कोरियाले आक्रमण गर्ने सोच्छ भने मात्रै पनि त्यसको नराम्रो परिणाम उसले भोग्नुपर्नेछ । उत्तर कोरिया भयाभव र सोच्नै नसक्ने सिथ्तीमा पुग्ने बताए ।

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले उत्तर कोरियासँगको द्वन्द्व भयावह हुने भन्दै कुटनीतिले काम गरिरहेको बताएका छन् । उत्तर कोरियाले जुलाइ महिनामा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि तनाव बढेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments