मेलबर्न । संचार माध्यममा आफ्नो करियर बनाउन चाहनेहरुको लागि अष्ट्रेलियामा राम्रो अवसर मिल्ने भएको छ । एसबिएस रेडियो र अष्ट्रेलियन टेलिभिजन एण्ड रेडियो स्कुलको संयुक्त कार्यक्रम अन्तर्गत ग्राजुएट डिप्लोमा इन रेडियो २०१८ छात्रवृत्ति योजना आएको हो ।

नेपाली, हिन्दी लगायत १३ भाषाका विद्यार्थीको लागि यो छात्रवृत्ति खुलाइएको हो । विभिन्न ठाउँका विद्यार्थीहरुबाट भाषा परीक्षा मार्फत योग्य विद्यार्थी छानिनेछन्। यस योजनामा पर्ने विद्यार्थीले कुनै शुल्क तिर्नुपर्ने छैन । छात्रवृत्ति पाएका दक्ष विद्यार्थीले एसबिएस रेडियोमा इन्टर्नको रुपमा १ वर्ष हप्ताको एक दिन काम गर्न पाउनेछन् ।

यस छात्रवृत्ति योजनामा आवेदन दिने अन्तिम मिति १६ अक्टोबर २०१७ रहेको छ । यहाँ क्लिक गरेर आवदेन दिन सकिनेछ ।

Comments

comments