मेलबर्न । अष्ट्रेलियामा एक लाख भन्दा बढी मानिस घरबारबिहिन रहेको तथ्य सार्वजनिक भएको छ । ती घरबारबिहिन सबै मानिसहरु केही पनि नभएका भने होइनन् ।

घरबारबिहिन मानिसहरु मध्ये ६० प्रतिशत मानिस आफ्नो कारमा सुत्छन् भने ६ प्रतिशत मानिसमात्र दयनिय अवस्थामा सुत्छन् । बाँकी मानिसहरु आफन्त वा साथिकोमा सुत्छन् ।

उमेरको आधारमा हेर्दा घरबारबिहीन मध्ये ४२ प्रतिशत २५ वर्ष मुनिका छन् । जसमा १२ वर्ष मुनिका १७ प्रतिशत, १२ देखि १८ वर्ष उमेरका १० प्रतिशत र १८ देखि २४ वर्ष उमेरका १५ प्रतिशत रहेका छन् ।

४५ प्रतिशत हाउजिङ्गका कारण, घरेलु हिंसाका कारण २६ प्रतिशत, आर्थिक अवस्थाका कारण १२ प्रतिशत, सम्बन्धका कारण ८ प्रतिशत र मानसिक अस्वस्थताका कारण ३ प्रतिशत मानिस घरबारबिहीन भएका छन् ।

भाडा बढ्दै जानुको कारणले पनि घरबारबिहीन हुने मानिसहरुको संख्या बढिरहेको छ । घरबारबिहिनहरुमा विदेशी तथा शरणार्थीहरु पनि रहेका छन् । स्रोत

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments