मेलबर्न । अष्ट्रेलियाले अहिले दक्ष पेशाको सुची सार्वजनिक गरिरहेको छ।  उक्त सूचीमा इन्भिटेसन पनि उल्लेख गरिएको हुन्छ । अष्ट्रेलियाको भिसा प्रोसेसिङ्गमा   इन्भिटेसन भनेको के हो त ?

स्पोन्सर नगरिएको भिसा हो भने माइग्रेसनबाट इन्भिटेसन आएपछि मात्र तपाईंले उक्त कामको लागि भिसा प्रोसेस अगाडी बढाउन सक्नुहुन्छ ।  तपाईं आफूमा भएको दक्षता र गर्न चाहेको कामबारे जानकारी भएपछी मात्र अष्ट्रेलियाको माइग्रेसनले अष्ट्रेलियन एक्सप्रेसन अफ इन्टरेस्ट ( EOI ) मार्फत भिसा प्रोसेस अगाडी बढाउने अनुमति दिन्छ । त्यो अनुमति नै इन्भिटेसन हो ।

इन्भिटेसन आएको ६० दिनभित्र भिसा प्रोसेस अगाडी बढाउनुपर्छ । त्यो बीचको समयमा  तपाईंले आफ्नो कामको दक्षता वा रुचिको बारेमा फेरबदल गर्न पाउनुहुन्न। अर्थात जुन कामको लागि इन्भिटेसन पाउनुभयो त्यहि कामको लागि नै प्रोसेस अगाडी बढाउनुपर्छ ।  यदि ६० दिनभित्र भिसाको लागि प्रोसेस अगाडी नबढाएमा फेरी अर्को इन्भिटेसन पर्खिनुपर्छ ।

यदि उही EOI को लागि एकै समयमा दुईवटा इन्भिटेसन पाएर पनि भिसाको लागि अगाडी नबढेमा फेरी नयाँ EOI को लागि निवेदन दिनुपर्ने हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments