भक्तपुर । कांग्रेस नेतृ सुजाता कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धम्कीले पार्टीमा विचलन नआउने बताएकी छन् ।

रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कारमा कोइरालाले बेलाबखत धम्की दिने प्रचण्डले पछिल्लो समय प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको विषयलाई लिएर नयाँ सत्ता समीकरणबारे दिएको अभिव्यक्ति धम्की मात्र भएको र त्यसलाई कांग्रेसले गहन रूपमा नलिएको बताइन् ।

प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयसीमाभित्र पूरा गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि सरकार र निर्वाचन आयोगले प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनले बताइन् । ‘निर्वाचनमा कसले जित्छ, कसले हार्छ भन्नुभन्दा पनि पहिलो कुरा निर्वाचन समयम गराउनु नै हो,’ नेतृ कोइरालाले भनिन्, ‘सबैलाई समेटेर तीनै तहका निर्वाचन सहज रूपमा सफल बनाउनुपर्छ ।’

प्रदेश नम्बर २ सहित प्रदेश र संघीय निर्वाचनका लागि कांग्रेस तयार भइसकेको उनको भनाइ थियो । निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन तथा विधेयकलाई छिटोभन्दा छिटो पास गर्नुपर्ने कोइरालाले बताइन् । तराई–मधेसका जनता निर्वाचनका लागि आतुर भइसकेका कारण तत्काल विधेयक र नीति पास गरी जनताको अपेक्षाअनुसार निर्वाचन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments