मेलबर्न । अष्ट्रेलियामा बसोबास गर्दै आएका दिल तामाङले सबैको लागि सागरको गहिराइ भन्दा गहिरो माया दिएका छन्। विगत दश वर्षदेखि अष्ट्रेलिया बस्दै आएका गायक तामाङले म्युजिक भिडियो सार्वजनिक गर्दै सबै दर्शक श्रोतालाई माया बाँडेका हुन् ।

गीतमा शब्द तथा संगीत बहुप्रतिभाशाली गायक तामाङ आफैंको रहेको छ । गायकको ‘म त नेपाली ठिटो भन्ने गीत केही समय अगाडि लोकप्रिय भएको थियो।विदेशमा बसे पनि आफूलाई नेपाली गीत संगीतको मोह कहिले पनि नघटेको दिल बताउँछन् ।

नयाँ म्युजिक भिडियोमा अष्ट्रेलियामा नै बस्ने सरस्वती लामा र प्रमोद भर्द्वजको अभिनय तथा भिबोर पोखरेलको निर्देशन रहेको छ।

Comments

comments