मेलबर्न । अष्ट्रेलिया बस्ने नेपाली दिदी बहिनीहरुले विभिन्न कार्यक्रम गरेर र कार्यक्रममा सहभागी भनेर तीज पर्व मनाइरहेका छन् । दिदी बहिनी समाज भिक्टोरियाले पनि तीज कार्यक्रमको तयारी पूरा गरेको छ ।

अगस्ट १२ अर्थात् आउँदो आइतबार ‘ सेलिब्रेट तीज टु क्रिएट होप’ भन्ने मूल उद्देश्यका साथ साइप्रस हलमा कार्यक्रम हुन लागेको हो । आयोजकका अनुसार प्रवेश शुल्क वापत जम्मा भएको रकम नेपालमा हिंसा पिडित महिला तथा बालिकाको सहयोगको लागि प्रयोग हुनेछ ।

कार्यक्रममा र्याम्प वाक, चुरापोते स्टल, खाना स्टल, नि:शुल्क फोटोग्राफी, नि :शुल्क मेकअप जस्ता आकर्षणहरु रहनेछन् । दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रमको प्रवेश शुल्क १० डलर तोकिएको छ ।

Comments

comments