दाङ । दाङको देउखुरी क्षेत्रको चुरेमा तस्करसाग प्रहरीको डरलाग्दो साँठगाँठ रहेको पाइएको छ । वन संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षणमा काम गरिरहेको वन तथा वातावरण संरक्षण समन्वय समिति दाङले सो कुरा जनाएको छ ।

संस्थाका अध्यक्ष उमाकान्त पन्तले ५ सयभन्दा बढी सामुदायिक र राष्ट्रिय वन रहेको देउखुरी क्षेत्रमा तस्करले प्रहरीसँग सेटिङ गरी अबैधरुपमा वन विनाश गरिरहेको जानकारी दिनुभयो । जिल्लाको देउखुरीका राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा गैरकानुनी तरिकाले काठ चोरी निकासी भइरहेको उहाँले बताउनुभयो । जिल्लाको पश्चिमी र देउखुरी क्षेत्र काठ तस्करीको अखडाको रुपमा चिनिन्छ ।

बालुवा तथा ढुंगा लोड गर्ने ट्र्याक्टरमासमेत लुकाएर काठ चोरी–निकासी भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments