कास्की । सुकमाया विकको परिवार खाना खाँदै थियो । बाहिर कोही ठूलो स्वरमा चिच्यायो । सुकमाया घर बाहिर निस्किइन् । खोला उर्लिएर घरनजिकै आइसकेको रहेछ । ‘खाँदै गरेको भाग छाडी दुई छोराछोरी च्यापेर माथितिर दौडिएँ,’ उनले भनिन, एकै छिनमा आँखैअगाडि घर पुरीयो । अननपात, लुत्ताकपडा, कागजात केही सद्दे रहेनन् ।’

घडेरीबाहेक अरु जग्गाजमिन नभएकाले उनिहरुलाई अब कहाँ बस्ने भन्ने चिन्ता छ ।

दैनिक ज्यालादारीले जीविकोपार्जन गर्दै आएका गंगाबहादुर विक पनि बाढीले पुरेको घर हेरेर टालाइरहेका थिए । ‘यहाँ घर बनाएर बस्न डर भयो । अन्यत्र जाने ठाउँ छैन,’ उनले भने, ‘सरकारले हेर्दिए हुन्थ्यो । नभए गुजारा चलाउन गाह्रो हुने भयो ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments