काठमाडौँ। भारतको दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले नेपालीमाथि धरपकड सुरू गरेको छ। उपचारका लागि तथा अन्य काममा पुगेका नेपालीमाथि भारतीय प्रहरीले धरपकड थालेको हो ।

भारतीय प्रहरीले मंगलबार एकजना नेपाली युवालाई सोमबार सिलिगुढीबाट पक्राउ गरेको हो । आमाको उपचार गर्न सिलिगुढी पुगेका इलामको सूर्योदय नगरपालिका-१० निवासी २७ वर्षीय उदयहाङ फागोलाई सिलिगुढी महानगरको प्रहरीले पक्राउ गरेको हो ।

बिरामी आमाको पेटको उपचार गराउन सिलिगुढीस्थित क्लिनिकमा पुगेका फागोलाई त्यहीँबाटै प्रहरीले पक्राउ गरेको हो । जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जीलिङको सुकुनामा भएको झडपमा सहभागी भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोर्खाल्याण्ड आन्दोलनमा सहभागी नभएका उनलार्इ विनाकारण फागोलाई पक्राउ गरेर भारतीय प्रहरीले अत्याचार गरेको भन्दै उनकी दिदी साधना फागोले रिहाइको माग गरेकी छन् ।

मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्क गर्न पनि नदिएको दाजु शरन फागोले जानकारी दिएका छन् ।

पक्राउ परेका उनलार्इ नेपाली भएको प्रमाण पेश गर्न भनिएको छ। प्रहरीले उनीविरूद्ध मंगलबार पाँचवटा मुद्दा लगाएर अदालतमा पेश गरेको छ । उनलाई हतियार बोकेरे सरकारी काम रोकेको, सरकारी सम्पति नष्ट गरेकासहित मुद्दा लगाइएको छ ।

फागोका परिवारले न्यायका लागि पहल गरिदिन सम्बन्धित पक्षसँग आव्हान गरेका छन् । उनलाई विनाशर्त रिहाइको आग्रह समेत गरेका छन् । केही समयअघि दार्जीलिङको सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए ।

त्यही बेला प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौं प्रहरी समेत घाइते भएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments