मेलबर्न । अष्ट्रेलियामा डा. गोविन्द केसीको समर्थनमा ऐक्यबद्धता भेला हुने भएको छ । अष्ट्रेलियाको सिड्नीमा अगष्ट १३ तारिख अर्थात् आउँदो आइतबार नेपालमा गुणस्तरीय मेडिकल शिक्षाका लागि एघारौँ पटक अनशन बसेका डा. के.सीको समर्थनमा भेला हुन लागेको हो ।

डा. घनश्याम चापागाईं, डिला खरेल, सुधिरा शाह र भुवन कँडेलले एक विज्ञप्ति जारी गरि आईतबार विहान ८ बजेदेखि १० बजेसम्म एशफिल्ड पार्कमा भेला भएर डा. केसीको समर्थनमा ऐक्यबद्धता जनाउन सिड्नीवासी सबै नेपालीलाई अनुरोध गरेका छन् । उनीहरुले डा. के.सीको अनशनको उद्देश्यप्रति समर्थन गर्दै नेपाल सरकारलाई दबाव सिर्जना गर्न भेला आयोजना गरिएको बताएका छन् ।

अष्ट्रेलियावासी नेपालीहरुले यसअघि पनि डा. के.सीको समर्थन गर्दै ऐक्यबद्धता भेलाहरु गर्दै आएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments