मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा नेपालीहरुले भव्यताका साथ तीज मनाएका छन् । गत शनिबार सिड्नी स्थित रकडेलमा आयोजना भएको तिज रमझममा सहभागी भएर नेपालीहरुले तीज मनाएका हुन् । तीज रमझमको मूख्य आकर्षण पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा सांगितिक प्रस्तुति दिएकी नेपाली लोक गायिका टिका पुन थिईन् ।

सुमधुर स्वरकी धनी उनले आफ्नो माइती देश नेपालबाट टाढा रहेका सिड्नीबासी नेपाली दिदिबहिनिहरुमा खुशी छरीदिईन् । उनका तीज भाकाहरुमा दिदी बहिनीहरु रमाउंदै नाचेका थिए ।

यसै साता नेपाल फर्किने तयारिमा रहेकी गायिका टिका पुनले यहाँका दिदीबहिनीहरुसंग तीज मनाउन पाउँदा एकदमै खुशी लागेको बताईन् । तीज रमझममा गायिका पुनलाई साथ दिंदै गायक तथा मोडल नरेश रेग्मी लगायतका कलाकारले सांगितिक प्रस्तुती दिएका थिए ।

कार्यक्रम आयोजक एनआर क्रियसनका नरेश रेग्मीले तीन सय भन्दा बढी दर्शकहरुको सहभागिताले कार्यक्रम आफूले अपेक्षा गरेको भन्दा राम्रो भएको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments