मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा समुन्द्र किनारमा गएका एक किशोर रगताम्य भएर घर फर्केका छन् । मेलबर्नका १६ वर्षीय शामको घाउले यतिबेला सबै जनालाई चकित पारेको छ । ब्रिघटोन बीचमा फुटबल खेल्न गएका उनि खुट्टामा लगातार बगिरहेका रगत सहित फर्केका थिए ।

किशोरका अनुसार समुन्द्री किनारमा आधा घण्टा जति एकैठाउमा उभिरहेका उनी सियोले घोचेको जस्तो गोलिगाँठोमा दुख्न थालेपछि आत्तिएर पानिको सतह भन्दा बाहिर निस्किंदा खुट्टाबाट निरन्तर रगत बग्न थाल्यो । अस्पतालमा पुग्दासम्म उनको खुट्टाबाट रगत बग्न छोडेको थिएन ।

बिबिसीका अनुसार डाक्टर तथा विज्ञहरुले यस्तो घटना एकदमै कम हुने र यो आश्चर्यजनक भएको बताएका छन् । विभिन्न अनुसन्धानका क्रममा उनलाई Amphipods ले टोकेको थाहा हुन आएको छ । यसले सानो सानो टोकाइले धेरै घाउ बनाइदिएको हो । तर उनीहरुले Amphipods को धेरै संख्याले एकैपटक टोकेमा मात्र यस्तो घाउ हुने बताएका छन् ।

उक्त जनावरले केही खाइरहेको बेलामा ती किशोरको खुट्टाले खाना कुल्चिएको हुनाले घटना घटेको अनुमान गरिएको छ। विज्ञहरुका अनुसार यो जनावर समुन्द्रमा बस्ने जनावर मध्येमै पर्छ र यसले समुन्द्रमा मरेका ठूला तथा साना जलप्राणीहरु, मरेका चरा, भुरे माछाहरु खाने गर्छ । स्रोत 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments