काठमाडौं । युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर मड्रिडले उपाधि जितेको हो ।

मेसेडोनियाको फिलिप द्वितिय एरिनामा मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो ।

क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे । त्यसपछि दुवै टिमले पाएका अवसर सदुपयोग हुन सकेन ।

खेलमा ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको मड्रिडले युनाइटेडमाथि दबाब राखेको थियो । युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments