वीरगन्ज भन्सार कार्यालयको हाता भित्र रहेको नेशनल ट्रडिङ लिमिटेडको गोदाममा  आगलागी हुँदा करोडौंको मूल्य बराबरको खाद्यान्न सहितको  धनमाल जलेर नष्ट भएको छ । मंगलबार राति २ बजेबाट सुरु  भएको आगलागी  ८ घण्टा पछि मात्रै नियन्त्रणमा आएको छ |  स्थानीय, प्रहरी, सशस्त्र प्रहरी लगायतको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गोदाममा  नजिकिंदै गरेको महान चाड  दशैँका लागि भनेर जम्मा गरिएको सबै खाद्यान्न डढेर खरानी भएको छ |

Comments