मेलबर्न । अष्ट्रेलियामा उपलब्ध कोर्षहरुको विविधता र पढाइ सकिएपछि पाइने अवसरले गर्दा यहाँ विभिन्न देशहरुबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । विश्वका उत्कृष्ट युनिभर्सिटीहरुमध्ये धेरै युनिभर्सिटीहरु अष्ट्रेलियाकै छन् । ती युनिभर्सिटीहरुले पढाउने विषयहरु विश्व मान्यता प्राप्त मात्र नभई व्यवहारिक र जीवनोपयोगी समेत छन् । ती विषयहरुमध्ये अष्ट्रेलियामा पढाइ हुने उकृष्ट व्यवसायिक कोर्सहरुबारे यहाँ संक्षेपमा चर्चा गरिएको छ ः

१.मास्टर्स अफ बिजनेस

यो कोर्स बिजनेस स्टडिजको कोर्ससँग समान हुन्छ तर कामद्वारा प्रयोगात्मक सिकाइ यसमा जोडिएको हुन्छ ।

२. मास्टर्स अफ इन्टर्नेशनल रिलेसन

यो कोर्स विश्वव्यापी मुद्दाहरु, समस्या, समाधान आदिसँग सम्बन्धित हुन्छ । यस कोर्समा विद्यार्थीहरुलाई कार्यगत सिकाइ, फिल्ड भिजिट र रिपोर्ट प्रिजेन्टेसन गराइन्छ ।

३.मास्टर्स अफ फाइनान्स

यो कोर्समा, फाइनान्सका सिद्धान्तहरु, चलिरहेको मार्केट ट्रेन्ड पढाइनुका साथै यी कुराहरुलाई कर्पोरेट फाइनान्स पोलिसी, अन्तरास्ट्रिय वित्तिय बजारमा कसरी प्रयोग भईरहेका छन् र कसरी प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाईन्छ ।

४.मास्टर्स अफ सस्टेनेबल इन्भाएरोमेन्ट एण्ड प्लानिङ

यस कोर्समा वातावरण व्यवस्थापन, गाउँ व्यवस्थापन र ग्रामिण विकास योजना सम्बन्धि पढाइन्छ ।

५.मास्टर्स अफ कन्स्ट्रक्सन प्राक्टिस

यो कोर्स भौतिक निर्माण योजना तथा व्यवस्थापनसँग सम्बन्धित हुन्छ ।

६.मास्टर्स अफ फाइनान्सियल म्यानेजमेन्ट

यो कोर्समा वित्तिय व्यवस्थापन, योजना लगायत कर्पोरेट म्यानेजरलाई चाहिने सम्पूर्ण वित्तिय ज्ञान सिकाइन्छ ।

७.मास्टर्स अफ क्रिमिनोलोजी

यो कोर्स अन्तर्गत विद्यार्थीहरुलाई अपराधका किसिम, न्याय, जाँच आदिको ज्ञान तथा सिप दिईन्छ ।

८. मास्टर्स अफ कम्युनिकेसन

यो कोर्स अन्तर्गत फिल्ड स्टडी, फिल्ड रिपोर्ट साथै सैद्दान्तिक ज्ञान दिदै कम्युनिकेसन क्षेत्रमा विद्यार्थीहरुको करियर विकास गराईन्छ ।

९. मास्टर्स अफ अकाउन्टिंग

यस कोर्समा विद्यार्थीहरुले व्यवसायिक क्षेत्रको अकाउन्टिंग सम्बन्धि विशेष ज्ञान हासिल गर्न सक्छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments