काठमाडौँ । खाडी मुलुकमा काम गर्न जाने घरेलु कामदारमध्ये ६० प्रतिशतको ‘सेटिङ’ त्रिभुवन विमानस्थलबाट हुने गरेको तथ्य संसद्को ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति’ ले मंगलबार सार्वजनिक गरेको छ ।

समितिद्वारा चार महिनाअघि गठित ‘खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण उपसमिति’ ले आफ्नो प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो ।

बाँकी ४० प्रतिशत भारतका विभिन्न सहर, श्रीलंका, चिन र अन्य अफ्रिकी मुलुक हुँदै खाडी मुलुक पुर्याएर बेच्ने गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारमा सबैभन्दा बढी जोखिममा घरेलु कामदार पर्दै आएका छन् ।

उपसमितिले मंगलबार संसद् सचिवालयमा मूल समितिलाई २८ पेजको प्रतिवेदन हस्तान्तरण गर्दै सेटिङमा कर्मचारी नै संलग्न हुने गरेको ठहर गरेको छ ।

‘खाडी मुलुकमा अवैध ढंगले पु¥याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्याइएको पाइएकोले यस्तो अवैध धन्दामा विमानस्थलका कार्यरत अध्यागमन कर्मचारी, सुरक्षाकर्मी, वायुसेवा कम्पनीमा कर्मचरी र बिचौलियाको प्रत्यक्ष संलग्नता छ,’ प्रतिवेदनमा उल्लेख  छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments