स्वतन्त्र नेपाल

कविता : पागल

हेल्लो डाक्टर के.सी !

जिन्दावाद र मुर्दावादका नाराहरुलाई पनि
हेड फोन लगाएर सुन्ने यो सरकारले
तिम्रो मौनतालाई सुनेर न्याय गर्छ भनेर सोच्नु पनि
तिम्रो मुर्खता हो
हो ,डाक्टर के.सी
यो तिम्रो मुर्खाता हो


त्यसैले त,
मेरो हजुर बाले भन्नु गर्नु हुन्छ अचेल
ए ठुले!
ए ठुले !
हेर त् त्यो डाक्टर पनि त पागल नै रहेछ
ठ्याक्कै तेरो बा जस्तै ,,,
तेरो बा ,
जो पनि उत्रिएको थियो
२० बर्ष पहिले
एक संकल्प गरेर
गर्छु सङ्घर्ष

ल्याउछु ठुलै परिवर्तन भन्दै …
तर
हेर त आज
बिच सडकमा
वरीपरी फलामे बारले घेरेर
तेरो बा’ जस्तै देखिने
एउटा ठुलै पत्थर ठडाइदिएको छ
शहीदको नाम दिएर
र प्रत्येक दिन टासेर जान्छन केही पागलहरुले
पम्पलेटहरु खबर्दारी गर्दै
यो सरकारलाई
तिनै मागहरु राखेर
जुन २० बर्ष पहिले
तेरो बाले लेख्ने गर्थ्यो राजदरबारका पर्खालहरुमा
रातो मसीले।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments