बाजुरा । घरमाथिबाछ पहिरो खस्न थालेपछि सदरमुकाम मार्तडीनजिकै उखाडीको मुक्त हलिया बस्तीका ९ परिवार विस्थापित भए । 

खुला आकाशमा रात बिताउनुपर्ने अवस्था आएपछि दुई साताअघि उनिहरु रेडक्रसमा राहत माग्न पुगे । ‘यहाँ मरेपनि मात्र राहत माग्न आउनुहोला,’ रेडक्रसका प्रतिनिधिको भनाई उद्धृत गर्दै स्थानीय रुपा चँदाराले भनिन, ‘जवाफ सुनेर भारी मन लिएर रित्तै फक्र्यौ ।’

३ वर्षअघिदेखि रजाली हुँदै जाने सडक खन्न डोजर प्रयोपछि अघिल्लै वर्षदेखि उखाडीको यो बस्तीमा पहिरो खस्न सुरु भएको हो । वर्षा भएपछि सो बस्तीका मुक्त हलिया परिवारहरु वर्षमा ३ महिना घर छाड्न बाध्य हुने गरेका छन् ।

पूरै बस्ती पहिरोको जोखिममा परेपछि सबै परिवारले घर टोडेर नजिकैको भिरालो डाँडोमा छाप्रो हालेर बस्ने तयारी गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments