काठमाडौं । अंग्रेजीमा भनिने ‘फ्री भिसा’को अर्थ शून्य लागत । तर, आनौठो लाग्न सक्छ ‘फ्री भिसा’को मूल्य ९ लाखसम्म पर्छ भन्दा । यथार्थ भने यस्तै छ । मंगलबार व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पेश गरिएको प्रतिवेदनमा सो कुरा पाइएको हो ।

साउदी अरब, कुवेत, कतार र संयुक्त अरव इमिरेट्सको भ्रमण गरी व्यवस्थापिका संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण भ्रमण उपसमितिले सो प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनमा नेपाली कामदारले कम्तीमा ५० हजारदेखि ९ लाख रुपैयाँसम्म् बुझाउ बाध्य हुनुपरेको तथ्य सार्वजनिक गरिएको छ ।

०७२ सालको असार २१ गतेदेखि सरकारले रोजगारीमा मलेसिया र खाडी मुलुक जाने कामदारका लागि ‘फ्री भिसा फ्री टिकटको व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, समितिको प्रतिवेदनमा भने सो निर्णय कार्यान्वयन नभएको पाइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments