मेलबर्न । समलिंगी विवाहलाई कानुनी मान्यता दिने या नदिने भन्नेबारेमा अष्ट्रेलियामा आगामी नोभेम्वरदेखि जनमत संग्रह हुने भएको छ ।

समलिंगी विवाहले वैधानिकता पाउनुपर्ने आवाज उठिरहेको बेला प्रधानमन्त्री टर्नबुल सरकारले जनमत संग्रहको घोषणा गरेको हो ।

जनमत संग्रहकालागि आगामी नोभेम्वर २५ को डेडलाइन तोक्न सरकारले सिनेटलाई आग्रह गर्ने निर्णय भएको मर्निङ हेराल्ड दैनिकले समाचार प्रकाशित गरेको छ । सरकारको निर्णयलाई सिनेटले पारित गरे नोभेम्वर २५ देखि समलिंगी विवाहलाई बैधानिक मान्यता दिने कि नदिने भन्नेबारेमा पोष्टल भोट मार्फत जनमत संग्रह गरिनेछ । स्वयम्सेवी रुपमा हुने जनमत संग्रह झण्डै दुई महिना अवधिसम्म सञ्चालन गरिनेछ ।

यदि बहुमत अष्ट्रेलियनहरुले हुन्छ भन्ने जनमत दिए सिनेटबाट समलिंगी विधेयक पारित गराउन सरकारले समन्वय गर्नेछ ।

Comments

comments