काठमाडौं । हतियार र लागूऔषध तस्करी गर्ने एक युवकले प्रहरीको घेरा तोड्न नसक्दा आफैंले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका छन् । ललितपुरको कुसुन्तीस्थित पद्मा कोलनीस्थित घरमा प्रहरीले घेरा हालेको देखेपछि भाग्न नसक्दा प्रवीण खत्रीले आत्महत्या गरेका हुन् ।

आइतबार बेलुका स्थानीयवासीलाई पेस्तोल देखाएर धम्क्याएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली उनलाई पक्राउका लागि सोमबार बिहानदेखि नै परिचालित भएको थियो । प्रहरी आएको थाहा पाएपछि उनी आफूसँग भएको दुईवटै पेस्तोल बोकेर घरको छतबाट हाम फालेर भाग्न खोजेका थिए । तर प्रहरीले घेराबन्दी गरेपछि उनले सुरुमा प्रहरीमाथि फायर खोलेका थिए । त्यसपछि आफंैतिर फायर खोलेको प्रहरीले जनाएको छ ।

‘हामी उनलाई पक्राउ गर्न गएका थियौं तर उनको घरमा रहेको सीसीटिभीमा प्रहरी आएको देखेपछि उनी आफूसँग भएको हतियार लिएर भाग्न खोजे । प्रहरीले घेरा हाल्यो । उनले प्रहरीमाथि फायर खोले, प्रहरीले पनि जवाफी फायर ग¥यो । तर उनको मृत्यु प्रहरीको गोलीबाट नभई आफैंले कन्चटमा गोली प्रहार गर्दा भएको हो,’ महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले भने ।

Comments

comments