काठमाडौँ । आज गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रममा गराउँदै यो पर्व मनाउँछन् ।

मृतकका नाममा आफन्तजनले बालकलाई चोलो, जामा र पटुकीमा सजाएर एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुङ्गाको टोपी लगाउने गर्छन् । पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई ती बालकलाई नक्कली गाई बनाएर नगर परिक्रममा गराउने चलन छ । कसैकसैले बालकहरूलाई जोगीको भेष धारण गराएर बाजागाजासाथ नगर परिक्रमा गराउँछन् । कसैले गाईलाई नै नगरपरिक्रमा गराउँछन् ।

पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिरअघि गाईजात्रामा सहभागी हुने सबैलाई भेला गराएर सामूहिक नगर परिक्रमा गराइने चलन छ । यता, आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको गाईजात्रा पर्व तलेजुस्थित बहत्वाबाट निस्किएको घिन्तात्वाङ घिसिसँगै हिजो साँझदेखि सुरु भएको छ । गाईजात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि हिजो चन्द्रगहण भएकाले दश दिनअघि रक्षा बन्धन गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments