दाङ । नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रवन्धक प्रमोद बर्मा बाँकेको अगैया जंगलमा सोमबार झुण्डिएको अवस्थामा भेटिएका छन् । तीन दिनदेखि सम्पर्कविहीन भएका बर्मा मृत अवस्थामा भेटिएका हुन् ।

दाङको घोराही निवासी बर्मालाई अगैया जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार उनले प्रयोग गर्ने रा २ प १६८० नम्बरको मोटरसाइकल पनि उनी झुण्डिएको स्थान नजिकै फेला परेको छ ।

प्रहरीका अनुसार बर्माको शरीरभरि नीलडाम । उनलाई कुटपिटपछि हत्या गरि झुण्डाइएको आशंका परिवारजनले गरेका छन् । बर्माको शव सोमबार भेरी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । मृतक बर्मा दाङकी पत्रकार पार्वती बस्नेतका श्रीमान हुन् । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments