मेलबर्न । नेपालीहरु विदेशमा रहेतापनि आफ्नो संस्कृति र चाडपर्वहरुलाई माया गर्छन् र प्रबर्द्धनमा एकजुट हुन्छन् । अष्ट्रेलियाको मेलबर्नमा गत शनिबार निकै नै रमाइलो माहोलमा भव्यताका साथ सम्पन्न भएको तीज मेला पनि यसको उदाहरण हो ।

ग्रेस ईन्टरनेशनलको प्रस्तुतिमा नेप्को ईन्टरटेन्मेन्टले आयोजना गरेको तीज मेलामा नेपालका प्रसिद्ध लोकगायक खुमन अधिकारी, लोकगायिका देवी घर्ती, रमिला न्यौपानेको बेजोड प्रस्तुतिले मेलामा रौनक ल्याएको थियो ।

तीजको शृंगारमा सजिएर सहभागी भएका नेपाली महिलाहरु देख्दा नेपालमै भएको झल्को दिन्थ्यो ।

मेलामा ५ सय जनाको सहभागिताको अपेक्षा गरिएकोमा ५ सय भन्दा माथिको संख्यामा सहभागीहरु आएको बताउनुहुन्छ, नेप्को ईन्टरटेन्मेन्टका प्रमुख, विराज थापा ।

हिमालयन कंगारुसंगको कुराकानीमा उहाँले भन्नुभयो, ” नेपाली मौलिक लोकदोहोरीको भाकामा तीजलाई विशेष बनाउन मेला आयोजना गरिएको हो । आशा गरेको भन्दा धेरैको संख्यामा सहभागीहरु आइदिनुभायो । यसले हामीलाई नेपाली लोकसंगीत र संस्कृति सम्बन्धि थप काम गर्न हौसला प्रदान गरेको छ । नेप्को इन्टरटेन्मेन्ट लोक संगीत र संस्कृतिको जगेर्नामा सधै लागिरहनेछ ।”

यसको साथै उहाँले छिटै नै लोकदोहोरी कार्यक्रमको आयोजना गर्न लागेको समेत जानकारी दिनुभयो ।

नेपाली दिदीबहिनीहरुलाई विदेशी भूमीमा समेत तीजको गीतमा नचाएर नेपालमै रहेको झल्को दिएको मेलामा सांस्कृतिक प्रस्तुती संगै प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

Comments

comments