मेलबर्न । श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध पार्ने कवि नवराज पराजुलीले अष्ट्रेलियाको मेलबर्नमा बस्ने नेपालीहरुमा पनि अमिट छाप छोड्न सफल भएका छन् । शनिबार आयोजित कविता कन्सर्टमा सम्यक महर्जनको बाँसुरीको धून,चेत पुनको किवोर्ड र गिटार संगै बगेका उनका कविताहरुले मेलबर्नवासी मन्त्रमुग्ध भए ।

अन्तरक्रियाबाट सुरु भएको कार्यक्रम हेब्बी बड़डे कवितामा पुगेर टुंगिएको थियो ।

 

उनले वाचन गरेका प्रत्येक कविताले श्रोताहरुलाई भावुक बनाएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रममा देखिने जत्तिकै देखिएको स्रोताहरुको उपस्थितिले उनि र उनका कविताहरुप्रतिको श्रोताहरुको मायालाई प्रष्ट बनाएको थियो ।

उक्त भव्य कन्सर्टमा कवि पराजुलीको हालै मात्र सार्वजनिक भएको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ समेत उपलब्ध गराइएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments